ICT Seminar on Digital Financial Services
कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासँघ) सुनसरीको आतिथ्यतामा प्रदेश स्तरीय "सुचना प्रविधि सम्मेलन " ICT Seminar on Digital Framework for Financial Inclusion 2019 भब्य रुपमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि माननिय मुख्य मन्त्री श्री शेरधन राईले गर्नु भएको थियो, साथै विशिष्ट अतिथिमा माननिय मन्त्री लिलम बस्नेत रहनु भएको थियो । त्यसैगरी विषेश अतिथिमा नगर प्रमुख, ससस्त्रका प्रहरी नायब महानिरीक्षक, ट्टाफिक प्रमुख र क्यान महासंघका केन्द्रिय सदस्यहरु लगायत सम्पुर्ण संघ सस्थाहरुका प्रतिनिधिहरु रहनु भएको थियो । उक्त कार्यकैममा ३५० भन्दा बढि सहभागि रहेको तालिममा संघ सस्थाका प्रतिनिधि, कलेज तथा स्कूलका प्रमुख तथा प्रतिनिधि, विद्यार्थीहरु र आइ.टी
सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
दाश्रो चरणको कार्यक्रममा क्यान महासंघ केन्द्रका केन्दिय सदस्य डा. अभिजित गुप्ताले Digital Framework for Financial Inclusion 2019 का विषयमा जानकारी गराउनु भएको थियो त्यस्तै IME Pay का बारेका IME का प्रतिनिधिले जानकारी गराउनु भएको थियो ।
Press Coverage
Event Details
Sunsari
From : 31st July, 2019
To : 31st July, 2019
10:00 A.M